Welcome to the

Nepal NEP

जाजरकोट
कर्णाली पदेश सरकारका कृषि सल्लाहाकार कृष्णप्रसाद पौडेलले अर्गानिक कृषि विकासका लागि उत्पादन सहितको उपभोगमा जोड दिनुपर्ने बताएका छन् । भेरी नगरपालिका–१ कालेगाउँमा रहेको शिव माध्यामिक विद्यालय (टेक्स कार्यक्रम) मा मंगलबार गरिएको एक कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् ।

खाद्यका लागि कृषि अभियानका अगुवा अभियान्ता समेत रहेका पौडेलले नेपालको उत्पादनशिल जनशक्ति दैनिक १५ सयका दरले विदेश जाने गरेको बताए । नेपालको उत्पादनशिल सम्मपरेको जमिन सबै घर–घडेरीमा बिक्री हुदै गएको भन्दै पौडेलले चिन्ता व्यक्त गरे । बाँकी रहेको डाडा–पाखाहरुमा गरिएको उत्पादनले नेपालको खाद्य मागलाई पूर्ती गर्न नसक्ने पौडेलले ठोकुवा गरे ।

हर्मनको सुई दिएर दुहिने गाईको दुध, हर्मन प्रयोग गरेर पकाईएका केराको उपभोगले मानव स्वास्थ्यका लागि हानिकारक हुने बताउदै पौडेलले जैविक कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । रसायन प्रयोग गरिएको कृषिजन्य बस्तुको उपभोगले मानव स्वास्थ्यमा पुस्र्तौसम्म असर गर्ने पौडेलको दावी रहेको थियो ।

बाली–नालीमा लाग्ने रोग–किरालाई जैविक रसायीनिकबाट पनि ९० प्रतिशत नियन्त्रण गर्न सकिने पौडेलले बताए । उनले जैविक रसायन किसान आफैले घरलु प्रविधीबाट बनाउन सकिने बताए । रोग–किराको लागि बिषादी प्रयोग गरेपनि १० प्रतिशत नियन्त्रण गर्न नसकिने बताउदै पौडेलले तमिलहरुले प्रयोग गर्ने आत्मघाती साईनाईट जस्तो रसायीनिकलाई पनि किराले जितेको बताए ।

पौडेलले मंगलबार शिव माध्यामिक विद्यालय (टेक्स कार्यक्रम) को सभाहलमा मंगलबार उक्त विद्यालयका कृषि र भेटनरी जेटीए अध्ययन गरिरहेका बिद्यार्थी, शिक्षक र अगुवा कृषकहरुसंग छलफल चलाएका थिए । अर्गाानिक कृषि उत्पादन बनाउने कर्णाली प्रदेश सरकारको निर्णयलाई सहयोग गर्न आफुले कालेगाउँको शिव माध्यामिक विद्यालय (टेक्स कार्यक्रम) मा आएर यस्तो छलफल चलाएको पौडेलले जानकारी दिए ।

चितवनको रामपुर कृषि क्याम्पसबाट बिएसी पढाई पुरा गरेका कृष्णप्रसाद पौडेलले वातावरण बिषयमा विद्यावारिधी गरेका छन् । कर्णाली प्रदेश सरकारको कृषि सल्लाहाकार समेत रहेका पौडेल कान्तिपुर दैनिकका कृषि स्तम्भकार पनि हुन् । उनले चलाएको यस अभियानलाई साथ दिदै इलामकी सिन्ट्रेला देवान पनि जाजरकोट पुगेकि छन् ।

Comments  (2)

2 Comments

  1. Good visit and great advice.

  2. याे अभियान दैलेख पनि गर्ने हाे ।

Attachments  (1)

Add Attachment
  File Modified
JPEG File IMG_2361.JPG Apr 10, 2019 by dip bahadur gharti